Breaking News.... EverestOnlineKhabar
June 28, 2026

तरकारी बेच्दै गरेको भारतीय नायिक अदा शर्माको फोटो भाइरल

Loading

एजेन्सी । बलिउड अभिनेत्री अदा शर्मा आफ्नो ग्ल्यामर लुकका कारण चर्चामा रहने गर्छिन् । उनको डान्सिङ भिडियोले राम्रै चर्चा पाउने गर्छ । यसैबीच उनको केही यस्ता फोटा बाहिर आयो जसले  अचम्मित बनाइदिन्छ । उनी मैलो पुरानो साडीमा तरकारी बेच्दै गरेको अवस्थामा देखिएकी छन् ।

अदा शर्मा स्टाइलका कारण पनि चर्चामा रहन्छिन् तर भाइरल भइरहेको तस्बिरमा उनी सडकको छेउमा काउली, काँक्रो, भिँडी लगायतका तरकारी बेचिरहेको देखिन्छ ।

यो सबै एक फिल्मका लागि हो । उनको लुक टेस्ट गर्न यो सब गरिएको हो । हालै अदाले एक हलिउड फिल्मका लागि अडिसन दिएकी छन् । यसै शिलशिलामा उनले यो तरकारी बेच्दै गरेको लुक बाहिर ल्याएकी थिइन् । उनले उक्त फिल्ममा काम पाइन् वा पाइनन् त्यो भने अझै जानकारीमा आएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.