![]()
एजेन्सी । इन्डोनेसियामा भइरहेको १८ औँ एसियाली खेलकुद प्रतियोगिता, एसियाड अन्तर्गत म्याराथनमा सहभागी भएका नेपाली धावकले दूरी नै पूरा गर्न सकेनन् ।
शनिबार बिहान सम्पन्न भएको म्याराथनमा नेपालका दुई धावक सहभागी थिए तर उनीहरुले दूरी पूरा गर्न सकेनन् । नेपालका धावक कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्की सहभागी थिए । बस्नेत र पार्की दुवैले म्याराथन पूरा गर्न सकेनन् ।
यो स्पर्धामा जापानका हिरोतो इनोयईले स्वर्ण पदक जिते । यस्तै बहराइनका एलहसन एलाबासीले रजत तथा चीनका बुजेई डुओले कास्य पदक जितेका छन् । हिरोतोले निर्धारित दूरी २ घण्टा २२ मिनेट १८ सेकेण्डमा पूरा गरेका हुन् ।
कुल २१ धावकले भाग लिएको म्याराथनमा नेपालका दुईसहित ६ धावकले दूरी पूरा गर्न सकेनन् ।


