![]()
काठमाडौ,भदौ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । आज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने वैठकले महासमिति वैठकको तयारीका शन्र्दभमा केन्द्रित भएर छलफल हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिसकेको छ । यही भदौ अन्तिमसम्म कांग्रेसको महासमितिको वैठक बस्ने तयारी छ ।
वैठकमा समसामयिक राजनीतिक विषय, कर, मंहंगी, मुलुकी संहितालगायत विषयमा पनि छलफल हुने जनाइएको छ । प्रवक्ता शर्माले भनेः‘ कतिपय ऐन संविधानको मर्मविपरीत रहेको हामीले भन्दै आएका छौं, त्यसलाई संशोधनका लागि सरकारलाई दबाव दिने सन्दर्भमा पनि छलफल हुनेछ ।’
सभापति शेरबहादुर देउवाले पार्टीलाई संघीय संरचनामा लैजान र संगठनात्मक पुनर्संरचना गर्नका लागि केन्द्रीय समितिले निर्णय अनुसार विधानमा संशोधन र परिमार्जन गर्न समिति गठन गरेका हुन् ।


