Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । गाँजरलाई मानिसहरुले सलादको रुपमा प्रयोग गर्छन् । स्वास्थ्यका लागि गाँजर निकै उपयोगी हुने गरेको पाइएको छ । गाँजरलाई सलाद वा अचार जे को रुपमा प्रयोग गरेपनि यसमा पाइने खनिज र भिटामिन ‘ए’ले शरीरका विभिन्न भागलाई फाइदा गर्छ ।

गाँजरमा अत्यधिक मात्रामा क्याल्सियमा हुन्छ । जसले हाड तथा जोर्नीलाई मजबुद बनाउन मदत गर्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यदि तपाईले नियमित रुपमा गाँजर खानु भयो भने आँखाको समस्याबाट टाढा राख्न सक्छ ।

गाँजरले मधुमेहका बिरामीक रक्तचाप नियन्त्रणका लागि पनि सहयोग गर्छ । यसमा केरिटेनाइड हुने भएकाले रगतमा हुने चिनीको मात्रालाई कम गराउँछ ।

गाँजरमा फाइबर पाइने भएकाले यसको सेवनले कब्जियतको समस्याबाट मुक्त गराउन सहयोग गर्छ । यसमा क्याल्सियम हुने भएकाले दाँतलाई सफा तथा बलियो बनाउँछ ।

गाँजरले अनुहारलाई चम्किलो बनाउनुको साथै शरीरलाई सूर्यका किरणहरुबाट पनि बचाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.