Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भेनेजुएलामा शक्तिशाली भूकम्पः क्षतिको विवरण आउन बाँकी

Loading

एजेन्सी,भदौ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् । भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ ।
भेनेजुएलाका अधिकांश घर खाली गराइएको छ । मानिसहरुलाई खुला ठाउँमा राखिएको छ ।
गृहमन्त्री नेस्टर रेवेरोलले भूकम्पको झड्का देशभर महसुस गरिएको बताउनुभएको छ । उनले भूकम्पबाट भएको क्षतिको खबर भने अहिलेसम्म प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.