Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेपाल प्रहरीका एआइजी बढुवा प्रक्रिया सुरुः यी हुन् दाबेदार…..

Loading

काठमाडौ,भदौ ।
गृह मन्त्रालयले चार महिनादेखि रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को बढुवा प्रक्रिया बल्ल अघि बढाएको छ । गृह मन्त्रालयका अनुसार अबको एक साताभित्र एआइजी बढुवाको टुंगो लगाउने प्रक्रिया अघि बढेको हो ।
गृह मन्त्रालय श्रोतका अनुसार एआइजी बढुवा वरिष्ठताकै आधारमा हुनेछ । हालका डिआइजीहरू पुष्कर कार्की, मनोज न्यौपाने, ठुले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् ।
अर्का डिआइजी रमेश खरेलले भने पदबाट राजीनामा दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.