Breaking News.... EverestOnlineKhabar
June 27, 2026

असोज तेस्रो साता काठमाडौं म्याराथन र खेल महोत्सव हुने

Loading

काठमाडौ,भदौ ।
काठमाडौं म्याराथन र खेल महोत्सव असोज १८ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै म्याराथन र खेल महोत्सवबारे आयोजकले जानकारी गराएको हो । राजधानीमा हुँदै आएको काठमाडौं म्याराथनको १२ औं संस्करणसम्म आउँदा म्याराथन आयोजक कमिटीले खेल महोत्सव गर्ने निणर्य गरेको आयोजक प्रमुख निलेन्द्रराज श्रेष्ठले बताएका छन् ।
काठमाडौंमा हुन लागेको सिटी म्याराथनमा यो वर्ष १० हजारले सहभागिता जनाउने आयोजकले बताए । खेल महोत्सव दशरथ रंगशालामा हुनेछ भने म्याराथन रंगशाला परिसरबाटै सुरु हुनेछ । म्याराथनमा ७ बिधाका दौड रहेका छन् । म्याराथन र हाफ म्याराथन मुख्य स्पर्धा रहेका छन् भने दुवै स्पर्धामा महिला र पुरुष प्रतिस्पर्धी रहनेछ ।
अन्य विधामा को—ओपरेट म्याराथन रिले, ५ किमी ओपन महिला पुरुष, ५ किमी भेट्रान, ५ किमी स्कुल र ३ किलोमिटर ह्वील चेयर्स रहेका छन् भने सबैमा महिला र पुरुष सहभागि हुनेछन् । पुरस्कार तर्फ म्याराथनमा महिला र पुरुष दुवैका बिजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार पाउनेछन् । त्यस्तै, हाफ म्याराथनतमा महिला र पुरुष दुवैका बिजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् ।
को—ओपरेटतर्फका बिजेताले २५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार प्राप्त गर्नेछ । त्यस्तै, ५ किमीको खुल्ला दौडतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५, १० र ५ हजार पाउन छन् भने भेट्रान, स्कुल र ह्वीलचेयर विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले १०, ५ र २ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै, काठमाडौं म्याराथनको दशौं संस्करणमा विभागिय क्लब पुलिसका भुमि कुमार राईले बनाएको २ घण्टा २१ मिनेट २४ सेकेन्डको रेकर्ड तोड्न कसैले सक्यो भने त्यसले छुट्टै नगद १ लाख पाउने आयोजकले बताएको छ । त्यस्तै, दशरथ रंगशालामा हुने खेल महोत्सव विभिन्न खेलसँग सम्बन्धीत इस्टल राखिने छ । इस्टलहरुमा खेलसँग सम्बन्धीत सामाग्री राख्ने आयोजकले बताएको छ । तीन दिन चल्ने खेल महोत्सवमा २५ हजारले अवलोकन गर्ने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.