![]()
काठमाडौ । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले देशको समग्र विकासको मेरुदण्ड शिक्षा भएकाले शैक्षिक पूर्वाधारसंगै गुणस्तरीय शिक्षाको विकास गर्नु अपरिहार्य भएको बताउनु भएको छ ।
काठमाडौं धर्मस्थलीस्थित ग्रामसेवा माबिको नयाँ भवन उद्घाटन गर्दै नेता खनालले व्यवहारिक तथा प्राविधिक शिक्षाको बिकाश र बिस्तारका लागि सवै सरोकारवाला निकायहरु प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो । उहाँले उत्पादनमुलक शिक्षाका लागि आफू र आफ्नो पार्टी गम्भीर रहेको समेत जानकारी गराउनुभयो ।

२०१९ सालमा स्थापना भएको नेपाल युथ फाउण्डेशन मार्फत सो बिद्यालयको भौतिक संरचना निमार्ण गरिएको हो । भुकम्प प्रतिरोधात्मक रहेको जनाइएको छ ।
भवनको भैतिक संरचना निमार्णको लागत रु एक करोड तेह« लाख अन्ठाउन्न हजार आँठ सय चौध रुपैयाँ रहेको छ ।


