Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । नेपाली सेनाले आफ्नो मुख्यालय (जङ्गी अड्डा)मा रहेको अफिसर्स क्लब (पार्टी प्यालेस)मा सर्वसाधारणलाई ‘निषेध’ गरेको छ । यसअघि  पार्टी र विवाह गर्न समेत प्रयोग हुने गरेको आर्मी अफिसर्स क्लबमा अब सरकारी कार्यक्रम र सेनासँग सम्बन्धित व्यक्तिका मात्रै पार्टी आयोजना हुनेछन् ।

सेनाले गत असारदेखि नै सर्वसाधारणलाई अफिसर्स क्लबमा कार्यक्रम गर्न दिएको थिएन । पूर्णचन्द्र थापा कायममुकायम प्रधानसेनापति भएर आएपछि सेनाले आर्मी अफिसर्स क्लबमा सेनाबाहेकका व्यक्तिका कार्यक्रम नराख्ने निर्णय नै गरेको हो ।

सैनिक गोप्यतामा असर पुग्ने, सुरक्षा संवेदनशीलतामा खलल पुग्ने र हो–हल्ला हुनेजस्ता कारणले आर्मी अफिसर्स क्लबलाई भाडामा लगाउन बन्द गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.