Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

एजेन्सी । ओस्कार विजेता सुन्दर हलिउड अभिनेत्री पेनोलेप क्रुजले थुप्रै फिल्ममा कथा अनुसार नग्न दृश्य दिएकी छन् । सो गर्न उनलाई कुनै आपत्ति छैन, तर त्यसका लागि उनी मनको कुरा सुन्छिन् ।

सबै फिल्ममा उनी नग्न दृश्य दिन तयार हुँदिनन ।  हालै प्रकाशित एक अन्तर्वार्तामा उनले हलिउडको डेब्यू नग्न दृश्यका कारण छोडेको खुलासा गरेकी छन् । अन्तर्वार्तामा उनले अडिसन लिनुअघि फिल्मका निर्माताहरूले नग्न दृश्य गर्नुपर्ने सर्त राखेपछि फिल्म छाडेको बताएकी छन् ।

क्रुजले २१ वर्षको उमेरमै पाएको सो हलिउड फिल्मको प्रस्ताव ठूलो भएपनि मनको आवाज सुनेर अस्वीकार गरेको बताइन् । फिल्ममा उनी प्रमुख भूमिकाका लागि रोजिएकी थिइन । फिल्मको स्क्रिप्ट पनि दमदार थियो । फिल्मको अडिसनका लागि उनले चार महिना अंग्रेजी सिक्नमा खर्चेकी थिइन् । अडिसनका लागि लस एञ्जल्स पुग्दा उनलाई पहिले बताइएभन्दा अर्कै कुरा भनियो ।

फिल्मवालाको यो नयाँ सर्त उनलाई मान्य भएन । उनले प्राप्त मौकाले हलिउडमा खोल्ने सम्भावनाको बाटो छोडेर मनको आवाज सुनिन् । मौका ठूलो हो भन्दै आफ्नो स्वाभिमानसँग सम्झौता गरिनन् ।

उनको फैशला सुनेर फिल्मका निर्देशक रिसले चुर भए । तर, उनले मनको कुरा सुन्दै पूर्वनिर्धाति स्क्रिन टेस्ट दिइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.