![]()
बीबीसी ।अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतंककारी समूहले तीनओटा यात्रीबाहक बस अपहरण गरेको छ । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्री परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताएका छन् ।
बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिएका छन् । अपहरणमा परेका ती यात्रीलाई सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ ।
अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गरेको एक दिनपछि नै यो अपहरण भएको हो । मुस्लिम समुदायको महान चाड इदका अवसरमा राष्ट्रपति घानीले घोषणा गरेको युद्धविराम सोमबारदेखि नै लागू हुने योजना थियो ।


