Breaking News.... EverestOnlineKhabar
June 27, 2026

विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा

Loading

एजेन्सी,साउन ।
विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ । इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले तयार पारेको ग्लोवल सर्भेको सूचीमा भियनाले अष्ट्रेलियाको मेलवर्नलाई पछि पारेको हो ।
राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा, स्वास्थ्यमा पहुंच जस्ता पक्षलाई आधार मानेर विश्वका १ सय ४० शहरलाई सूचीकृत गरिएको हो । सूचीको १० औं स्थान भित्र अष्ट्रेलियाका तीन शहर पर्दा, तेस्रो र सातौं स्थानमा जापानका दुई शहर ओसाका र टोकियो परेका छन् ।
क्यानडाका दुई शहर भ्यानकुभर र टोरन्टो छैटौं र आठौं स्थान भित्र समेटिएका छन् । सूचीको अन्तिममा भने गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमास्कस परेको छ ।
दमास्कसलाई बंगलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराँची शहरले पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.