Breaking News.... EverestOnlineKhabar
August 14, 2026

ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारको ५ महिने कामः रेलको फोटो टाँसेर ७४ पृष्ठको किताब सार्वजनिक ?

Loading

काठमाडौ,साउन ।
केपी ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ६ महिना पुग्न केहि दिनमात्र वाँकी छ । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको छ ।
सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा कुनै भूमिका लेखिएको छैन । कुनै कामहरु गर्न नसकिएको वा किन हुन सकेन भन्नेबारेमा जनगुनासाहरुमाथि कुनै टिप्पणी नगरी के के कामहरु भए भन्ने विवरणमात्रै प्रस्तुत गरिएको छ । सरकारको ५ महिने प्रगति समेटिएको पुस्तकमा बुलेट रेलको तस्वीरसमेत देख्न पाइन्छ । तर, विवरणमा सरकारका कमजोरीबारे चर्चा छैन । मन्त्रालयगत कामहरुको विवरण दिइसकेपछि सरकारको ५ वर्षे मार्गचित्रसम्बन्धी केही ग्राफिक्सहरु दिइएको छ ।
विवरणको अन्त्यमा संक्षेपमा बजेट शीर्षकमा आमेली सरकारले ल्याएको बजेटबारे ग्राफिक्ससहितको जानकारी गराइएको छ । ओली सरकारको पाँच महिने प्रगति विवरण समेटिएको पुस्तकमा अत्याधुनिक बुलेट रेलको तस्वीरसमेत देख्न पाइन्छ । रंगीन तस्वीर र ग्राफिक्सहरुले झकीझकाउ सरकारी कामको विवरणमा उल्लेख गरिएका १७ वटा ग्राफिक्स एवं बुलेटहरु छन् ।
ओली नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा भएका कामहरुलाई पनि वर्तमान सरकारले गरेको काममा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed