Breaking News.... EverestOnlineKhabar
October 3, 2026

नेकपाका प्रवक्ता प्रकाण्ड सहितका नेता सर्वोच्च अदालतमा….?

Loading

काठमाडौ,साउन ।
गैरकानुनी ढंगले थुनामा राखेको भन्दै चन्दा लिएको आरोपमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा गर्न सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। बुधबार प्रहरीले व्यापारीहरुसँग अवैध रुपमा चन्दा उठाएको आरोपमा प्रकाण्डसहित हरिचन्द्र आचार्य,मनबहादुर श्रेष्ठ लगायतका नेताहरुलाई पक्राउ गरेको थियो। आइतबार प्रकाण्ड लगायतका नेताहरुको हकमा नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्।
राजनीतिक रुपमा पूर्वाग्रही भई गृहमन्त्री रामबहादुर थापाको आदेशमा आफूहरुलाई बिना अपराध पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्ने अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। व्यापारीसँग ७ करोड रुपैयाँ चन्दा असुलेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। विभिन्न व्यवसायीलाई धम्काएर चन्दा असुलेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।पक्राउ परेका प्रकाण्डसहितका नेतालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले बुधबार ५ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको थियो।

उनीलाई प्रहरीले ललितपुरको चाल्नाखेलबाट पक्राउ गरेको थियो। जिल्ला अदालतले दिएको समय समाप्त हुन लागेपछि पक्राउ परेकाहरुका तर्फवाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दायर गरिएको हो। सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ। सो पार्टीका नेता विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ। विप्लव फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed