Breaking News.... EverestOnlineKhabar
June 26, 2026

डाक्टर नै अयोग्यः नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा ७१ प्रतिशत फेल

Loading

काठमाडौ,साउन ।
नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्। डाक्टर बनेर बिरामी जाँच्न काउन्सिलमा दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन परीक्षा पास गर्नैपर्छ। शनिबार भएको परीक्षामा सहभागी हुन ९ सय १२ जनाले आवेदन दिएका थिए। तीमध्ये ९ सय ३ परीक्षार्थी जाँच दिन आए । शनिवार नै प्रकाशित नतिजाअनुसार ६ सय ४१ जना फेल भए। २ सय ६२ जनाले मात्र काउन्सिलको परिक्षा उत्रिण गरे ।
परीक्षामा सहभागी हुन अनलाइनमार्फत् फाराम भर्नुपर्छ। काउन्सिलले अनलाइनबाटै कागजपत्र चेकजाँच गरी भेरिफाइ गर्छ। योग्यता पुगेको भए इमेलबाट प्रवेश पत्र पठाइदिन्छ। परीक्षार्थीले त्यो प्रिन्ट गरेर राख्नुपर्छ। परीक्षा दिन आउँदा प्रवेश पत्रसँगै परिचय खुल्ने अरू कुनै कागजपत्र पनि ल्याएर आउनुपर्छ। परीक्षा हलमा प्रवेश गर्न तीन ठाउँमा चेकजाँच हुन्छ। पहिलो घेरामा प्रवेश पत्र चेक हुन्छ। प्रवेश पत्रमा बारकोड राखिएको हुन्छ, बारकोडले रिड गरेपछि फारम भर्दाको फोटो र लाइभ फोटो मिलेपछिमात्र भित्र दोस्रोमा सुरक्षा जाँच पुग्छ।
त्यहाँ मेटल डिटेक्टरबाट जाँच हुन्छ। त्यसपछि तेस्रो घेरामा मोबाइल, झोला र अन्य सामाग्रीहरू राखिन्छ ताकि परीक्षार्थीले प्रवेश पत्रबाहेक अन्य सामान लिन पाउँदैनन्।
लेख्ने कलम काउन्सिलले नै दिन्छ। हलमा १५ जना परीक्षार्थी बराबर १ निरीक्षक खटिएका हुन्छन्। परीवेक्षण गर्न स्वास्थ्य र शिक्षा मन्त्रालय, प्रतिष्ठान, स्वास्थ्य व्यवसायी परिषदलगायतका अधिकारी पनि बोलाइएको हुन्छ। परीक्षा सकिनेबित्तिकै मेसिनबाट उत्तरपुस्तिका जाँच्न सुरू हुन्छ। मेसिन चलाउनेहरू पनि विदेशबाट आएका हुन्छन्। हलमा पसेपछि एकमुष्ट नतिजा नआउन्जेलसम्म परीक्षामा खटिएका कर्मचारी र काउन्सिलले खटाएकाहरू बाहिर जान पाउँदैन। एक पटक परीक्षा तयारी गर्न काउन्सिललाई १० दिनजति समय लाग्छ। शनिवार फेल भएकाहरूले चार महिनापछि फेरि जाँच दिन पाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.