![]()
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विगतमा भएको सहमति र त्यसको कार्यान्वयन प्रक्रियाका बारेमा छलफल भएको हो ।
डा. केसी र सरकारबिच गएको साउन १० गते सहमति भएको थियो । त्यसपछि उनले २७ दिन लामो अनशन तोडेका थिए । तर सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएका बेला डा. केसी र प्रधानमन्त्रीबिच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले भएको सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका छन् ।
भेटपछि बाहिरिने क्रममा डा. केसीले भने, ‘प्रधानमन्त्रीसँग पहिले पनि भेट भएको थियो । अहिलेको भेट र त्यो भेटमा खासै केही फरक पाइन । तर सहमति कार्यान्वयन हुने आश्वासन दिनुभएको छ । म पनि आशावादी छु ।’
माग पूरा नभए फेरि अनशन बस्ने जानकारी प्रधानमन्त्रीलाई गराएको डा. केसीले जानकारी दिए ।
जवाफमा प्रधानमन्त्री ओलीले फेरि अनशन बस्नु पर्ने अवस्था नआउने बताएको बैठकमा सहभागीले जानकारीले दिएका छन् ।


