Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चीनले दुई सन्तान नीतिमा ठूलो परिवर्तन ल्याउने…?

Loading

बेइजिङ,साउन ।
जनसङ्ख्या सीमित गराउने दशकौँ अघि देखिको नीति परिवर्तन गर्दै चीनले अब आफ्ना नागरिकलाई दुई भन्दा बढी सन्तान जन्माउन पनि स्वीकृति दिने संकेत दिएको सीएनएनले जनाएको छ । अहिले नै चीनको अर्थतन्त्र र समाजमा कम जन्मदरको असर देखा पर्न थालिसकेको चिनियाँ कम्युनिष्ट पार्टीले चेतावनी दिइसकेको छ । यसअघि चीनले एकल सन्तानको नीति लागू गर्दा जन्मदर अत्यन्तै न्युन हुन पुगेपछि सन् २०१५ मा यसमा परिवर्तन ल्याइएको थियो । त्यसपछि मात्र त्यहाँका जनतालाई दुईजना सम्म जन्माउन पाउने अधिकार दिइएको हो । तर यसले पनि परिवार वृद्धिमा भनेजस्तो परिणाम नल्याएपछि सरकार थप चिन्तामा बताइएको छ । त्यसैकारण प्रभावकारी कदम उठाउन सरकारपक्षले नयाँ कानूनको योजनाबारे संकेत दिइसकेको छ ।
हालै मात्र सार्वजनिक गरिएको नयाँ वर्षको आधिकारिक स्ट्याम्पमा चीनले सुँगुरलाई प्रतिकका रुपमा प्रयोग गर्दै त्यसमा दुई नभएर तीन बालबालिकाको चित्र राखेको छ । यो वर्षदेखि चीनमा पारम्पारिक सुँगुरको वर्ष सुरु भएको हो । यसै हप्ता बाहिर ल्याइएको उक्त स्ट्याम्पले नै सरकारको उद्देश्य स्पष्ट पारेको छ । यो भन्दा अघिल्लोपटक बाँदरको वर्षमा भने चिनियाँ सरकारले बाँदरका साथ दुई सन्तानको चित्र राखेको थियो । जसपछि देखि नै चीनमा एकल सन्तान नीति हटेर दुईजनासम्म जन्माउन पाउने कानुन लागु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.