Breaking News.... EverestOnlineKhabar
August 17, 2026

भक्तपुरको काँडाघारीमा इन्काउन्टर प्रकरणः इन्काउण्टरलाई फर्जी भन्नु हल्ला मात्र भएको गृहमन्त्रीको प्रतिक्रिया

Loading

चितवन,साउन ।
गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको दावी गरेका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत जिकिर गरेका छन् । भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।
फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भनेः‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् । २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ । मुल कुरा त्यो हो ।’
अर्को प्रशंगमा गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.