Breaking News.... EverestOnlineKhabar
June 26, 2026

उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीच हवाई उडानको संख्यामा वृद्धि

Loading

एजेन्सी । उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ ।  दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ ।

उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक एयर कोर्योले हालैका दिनहरुमा प्योङयाङ र सेनयाङबीचको प्रत्यक्ष हवाई उडानमा वृद्धि गरेको छ । स्रोतका अनुसार हप्तामा दुईवटा उडानबाट बढाएर अहिले तीनवटा बनाइएको छ ।

संयुक्तराज्य अमेरिकाले आणविक निरस्त्रीकरणको कार्य पूरा नगर्दासम्म उत्तर कोरियामाथिको प्रतिबन्ध फुकुवा नगर्ने सम्भावना रहेकै अवस्थामा प्योङयाङले विदेशी मुद्रा आर्जनका लागि चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन चाहेको देखिन्छ ।

यहीबीच, प्योङयाङ–बेइजिङ रेलसेवामा यात्रुहरुको संख्यामा व्यापक वृद्धि भएको छ, र सबैजसो सिट बिक्री भइरहेको छ ।  धेरै चिनीया पर्यटकहरुले अप्रिलमा सम्पन्न अन्तर–कोरियाली शिखर सम्मेलन भएको स्थान पानमुनजोमको भ्रमण गर्न रुचि देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.