Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले सञ्जय लिला भंसालीको फिल्म पनि अन्तिम समयमा छाडेकी छन् । उनले हलिउड फिल्मका लागि भंसालीको फिल्मबाट हात झिकेकी हुन् ।

केही पहिले सलमान खानको फिल्म पनि उनले छाडेकी थिइन् । चलचित्र छाडेपछि सलमान उनीसँग रिसाएका थिए ।  बलिउड मिडियाले जनाएअनुसार भंसालीले उनलाई आफ्नो फिल्म ‘गंगुबाई कोठेवाली’का लागि लिने तयारी गरेका थिए ।

प्रियंकाले आफ्नो हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’का कारण ‘बाजीराव मस्तानी’का निर्देशक भंसालीको चलचित्र छाडेकी छन् । प्रियंकाले फिल्म छाडेसँगै भंसालीले अब यो प्रोजेट नबनाउने फैसला लिएका छन ।

प्रियंका संजयलिला भंसालीको चलचित्र बाजिराव मस्तानीमा समेत देखिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.