Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एसियन गेम्सको तयारीमा रहेको नेपाली यु–२३ टिम पराजित

Loading

काठमाडौ,साउन ।
एसियन गेम्सको तयारीमा रहेको नेपाली यु–२३ फुटबल टिम अभ्यास खेलमा पराजित भएको छ । थाइल्यान्डको स्थानीय टिम पुलिस टेरो क्लबसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । बोनयाचिन्दा स्टेडियममा भएको खेलमा निकै आक्रमक खेल खेले पनि नेपाल गोल गर्न नसक्दा हार ब्यहोर्नु प¥यो । नेपालका लागि डिफेन्डर आदित्य चौधरीले आत्मघाति गोल गर्न पुगे ।
खेलको पहिलो हाफमा बल गोल हुनबाट बचाउने क्रममा आदित्यले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । उपहार स्वरुप १–० गोलले अघि रहेको पुलिस टेरो क्लबले अन्तिम समयसम्म पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल गर्ने एकपछि अर्को प्रयास गरेपनि गोल गर्न भने सकेन । अब नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेको नेपाल १० दिने बैदेशिक भ्रमणमा रहेको छ । थाइल्यान्डमा नेपालले विशेष प्रशिक्षण लिएपछि त्यहिबाट एसियन गेम्सको लागि इन्डोनेसिया प्रस्थान गर्नेछ । इन्डोनेसियामा अगष्ट १४ देखि सेप्टेम्बर २ तारिखसम्म हुने एसियन गेम्समा नेपाल समूह डि मा रहेको छ । यो समूहमा नेपालसँगै जापान, भियतनाम र पाकिस्तान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.