Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौ,साउन ।
संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीले समितिको निर्णय‘पूर्वाग्रही’ र ‘द्धेषपूर्ण’ भन्दै चारबुँदे प्रस्टीकरण दिएका छन्। सुनुवाइ समितिले दुईतिहाइ बहुमतका आधारमा शुक्रबार जोशीलाई अस्वीकृत गरेको थियो। त्यसको दुई दिनपछि सोमबार उनले आफूमाथि परेका उजुरी र समितिको निर्णयमा प्रस्टीकरण सार्वजनिक गरेका हुन्।
समितिले प्रधानन्यायाधीश पदमा नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्नबारे जोशीले ठोस अवधारणा र कार्ययोजना पेस गर्न नसकेको आरोप लगाएको थियो। उक्त आरोप‘पूर्वाग्रही’ र ‘द्धेषपूर्ण’ रहेको जोशीले बताएका छन्।
उनले भनेका छन्ः‘ मैले सुनुवाइ क्रममा पेस गरेको ४४ पेजको लिखित ४४ बुँदे कार्ययोजना नै वास्तवमा मेरो कार्ययोजना हो भन्ने विषय घामजत्तिकै छर्लंग हुँदाहुदै मैले कार्ययोजना प्रस्तुत गर्न नसकेको भन्ने आरोप आफैंमा पूर्वाग्रही भएको स्पष्ट छ ।’
समितिमा परेका उजुरीका सम्बन्धमा उचित जवाफ नदिएको भन्ने आरोप पनि ‘राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको’ उनको भनाइ छ। तीमध्ये कतिपय उजुरी अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित रहेकाले प्रभाव पार्नसक्ने हुँदा जवाफ नदिएको उनको जिकिर छ।
शैक्षिक प्रमाणपत्रहरू शंकास्पद रहेको आरोपमा उनको जवाफ छः‘मैले २०७५ साउन १९ मै सार्वजनिक गरेको तथ्यगत जानकारीसहितको विज्ञप्तिमा सम्बन्धित निकायबाट अध्ययन अनुसन्धान गर्न आग्रह गरिसकेको छु। मेरा प्रमाणपत्रको अवस्था के हो भन्ने विषय अध्ययनबाटै स्पष्ट हुने अपेक्षा मैले सार्वजनिक गरिसकेको छु।’
सार्वजनिक आचरण र विगतको काम–कारबाहीका सम्बन्धमा उठेको प्रश्न पनि आत्मपरक रहेको उनको टिप्पणी छ। ‘मैले सुनुवाइ क्रममा दोषी देखिए कारबाही गर्छु भन्ने धारणा सार्वजनिक गरिसकेको सन्दर्भमा हालैका दिनमा मैले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि परेका उजुरीका सम्बन्धमा भएको अनुसन्धान तथा कारबाहीहरूबाटै स्पष्ट हुन्छ। सम्पत्ति विवरण नबुझाउने न्यायाधीशहरूलाई न्यायपरिषद्ले जरिवाना गर्ने निर्णय यसको कार्यगत जवाफ हो ।’ उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.