Breaking News.... EverestOnlineKhabar
October 2, 2026

ब्राजिलियन मिडफिल्डर विलियन चेल्सीमै रहने….?

Loading

एजेन्सी,साउन ।
मिडफिल्डर विलियनले इंग्ल्यान्डको चेल्सी क्लबमै अझै बस्ने इच्छा देखाएका छन् । विलियनलाई केही दिनयता अन्य ठूला क्लबले निरन्तर अनुबन्धनको प्रस्ताव अघि सारिरेहको अवस्थामा उनले आफु चेल्सीमै बस्ने इच्छा देखाएका हुन् ।
२९ बर्षिया ब्राजिलियन खेलाडी विलियन पछिल्लो समय स्पेनिस क्लब बार्सिलोनासँग जोडिएका छन् । बार्सिलोनाले विलियनलाई भित्र्यााउन चेल्सीसँग निरन्तर प्रस्ताव अघि सारिरहेको छ ।
औपचारिक रुपमा मलाई बार्सिलोनाले आफुलाई अनुबन्धनको प्रस्ताव अघि सारेको बताउँदै क्लबले बेच्न नचाहेमा चेल्सीमै रहने उनले बताएका छन् । उनलाई भित्र्याउन इंग्लिस क्लब म्यान्चेष्टर युनाईटेड र स्पेनिस क्लब रियल मड्रिडले पनि इच्छा देखाएका छन् ।
चेल्सीमा विलियन सन् २०१३ मा अनुबन्धन भएका थिए । चेल्सीबाट उनले १६६ क्याप खेल्दै २५ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed