Breaking News.... EverestOnlineKhabar
August 16, 2026

भेनेजुयलाका राष्ट्रपतिमाथी ड्रोन आक्रमण…?

Loading

एजेन्सी,साउन ।
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ ।
राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए ।
भेनेजुयलाका अधिकारीहरुले राष्ट्रपति मदुरो सकुशल रहेको बताएका छन् । भेनेजुयलाका सञ्चारमन्त्री जर्ज रोड्रिग्जसले यसलाई राष्ट्रपतिको हत्याको कोशिस भनेको बीबीसीले लेखेको छ । ड्रोन हमलामा कसको संलग्नता छ भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.