Breaking News.... EverestOnlineKhabar
August 16, 2026

आजबाट वरिष्ठन्यायाधीश मिश्रले पेशी तोक्ने, जोशी बिदामा….

Loading

काठमाडौ,साउन ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठत्म् न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उन बिदामा बस्ने भएकाले वरिष्ठत्म न्यायाधीश मिश्रले आइतबारदेखि पेशी तोक्ने तयारी गरेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार आइतबारदेखि वरिष्ठत्म न्यायाधीश मिश्रले पेशी तोक्नेछन् ।
यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.