Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कांग्रेसले नाम दिएपछि राष्ट्रियसभाका चार बिषयगत समिति गठन

Loading

काठमाडौँ  । राष्ट्रियसभाको विषयगत समिति गठन भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले चारवटा विषयगत समिति गठन गरेको हो । गएको फागुन २१ गते सुरु भएको संसदको समिति ५ महिनापछि गठन भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समितिमा रहने सदस्यको नाम बुझाउन अस्वीकार गर्दै आएका कारण विषयगत समिति गठनमा ढिलाइ भएको हो । तर केही दिनअघि कांग्रेसले समितिमा रहने आफ्ना सदस्याको नाम बुझाएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ मा चार समिति रहने व्यवस्था छ । राष्ट्रियसभामा दीगो विकास तथा सुशासन, विधान व्यवस्थापन, प्रत्योयोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.