Breaking News.... EverestOnlineKhabar
May 11, 2026

इटली : भूकम्पपछिको उद्धारमा सघाएको चर्चित कुकुरको सम्झना

Loading

बीबीसी । इटलीमा सन् २०१६ को भूकम्पपछिको उद्धार कार्यमा सघाएको एउटा चर्चित कुकुरको हत्या गरिएको छ। काओस नामक कुकुरका मालिकले आफ्नो कुकुरलाई कसैले विष खुवाएर मारिदिएको बताएका छन्।

जर्मन शेफर्ड प्रजातिको सो कुकुरका मालिक फाबियानो इटोरेले कुकुरको मृत्युबारे फेसबुकमा गरेको पोस्टलाई ६० हजारभन्दा बढी पटक शेयर गरिएको छ। फेसबुक पोस्टमा उनले लेखेका छन्, “आफ्नो कामलाई जारी राख्नू, हराइरहेकाहरूको खोजी र जीवन बचाउने कामलाई निरन्तरता दिनू।”

मध्य इटलीको अमाट्री नगरमा काओस आफ्ना मालिकसँगै बस्दै आएको थियो। सन् २०१६ को अगष्ट २४ मा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा इटलीको अमाट्री नगरमा ठूलो क्षति भएको थियो। भूकम्पपछि भग्नावशेषमा पुरिएका मानिसहरू पत्ता लगाउन सघाएकोमा इटलीमा उक्त कुकुरको निकै प्रशंसा गरिएको थियो।

शनिवार इटोरेले फेसबुकमा लेखे, “गएरातिदेखि काओस नाम गरेको मेरो जर्मन शेफर्ड हराइरहेको छ। यदि तपाईँले देख्नुभयो भने कृपया मलाई खबर गर्नुहोला।”

त्यसको एक घण्टापछि उनले फेसबुकमा आफ्नो मृत कुकुरको फोटो पोस्ट गरे। उनले लेखे, “तिमीले आफ्नो काम जारी राख्नू, हराइरहेकाहरूलाई खोजिरहनू र जीवन बचाइरहनू। तिमी दिनरात खट्यौ। तिमी वफादार साथी थियौ।”

इटोरेले आफ्नो मृत कुकुरलाई गाडेको चिहानमाथि पुष्पगुच्छा राखेको तस्वीर पनि फेसबुकमा पोस्ट गरेका छन्। काओसलाई सम्झँदै सामाजिक सञ्जाल ट्विटरमा शनिवारयता ५० हजारभन्दा बढी ट्वीट गरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.