Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौ,साउन ।
पूर्वराजा ज्ञानेन्द्र शाह कान्छी नातीनीलाई उच्च शिक्षाका लागि कलेज भर्ना गर्न थाइल्यान्ड जाने भएका छन्। जेठी नातिनी पूर्णिकासँगै कृतिकालाई लिएर बुधबार थाइल्यान्ड जान लागेको पूर्वराजाका निजी सचिव सागर तिमल्सिनाले जानकारी दिए।
उनको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लागेका हुन्।
दुई वर्षअघि उनकी जेठी नातिनी पूर्णिका थाइल्यान्डमै उच्च शिक्षा अध्ययन गरिरहेकी छन्। दिदीसागै कृतिकाले पनि पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन थाइल्यान्ड जान लागेको तिमल्सिनाले बताए।
रविभवनस्थित लिंकन स्कुलबाट माध्यमिक शिक्षा सेकेकी कृतिकालाई पनि दिदीले नै पढ्ने कलेजमा भर्ना गराउन लागेका हुन्। यसअघिनै अध्ययनको बन्दोबस्त गर्न पूर्वयुवराज्ञी हिमानी छोरा हृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड पुगिसकेकी छन्।
ज्ञानेन्द्रको स–परिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस नेपालमै बस्ने भएका छन्। पारसबाहेकका सपरिवार थाइल्यान्ड जाने भएपछि केही समय निर्मल निवास खाली हुने भएको छ।
पूर्वराजा ज्ञानेन्द्र १५ दिनपछि मात्र नेपाल फर्कने तय भएको छ। भदौ ४ गते आमा रत्नको जन्मोत्सव मनाउने ज्ञानेन्द्र, कोमल र हिमानी नेपाल फर्कने निर्मल निवास स्रोतले भन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.