![]()
काठमाडौ,साउन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।
कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले काठमाडौंमा जुलुससहित प्रदर्शन गर्ने बताए । शान्तिबाटीकाबाट सुरु हुने जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत हुने छ । कोणसभालाई कांग्रेसका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।


