Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौ,साउन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर भारतको राजधानी नयाँ दिल्ली गएका छन् । आइतबार साँझ ५ बजे नियमित स्वास्थ्य चेकजाँचका लागि उनी दिल्ली गएका हुन् ।
दिल्ली रहँदा राजनीतिक भेटघाट पनि हुने सम्भावना रहेको राजपा एक नेताले जानकारी दिए । राजपाका ती नेताले भनेः‘दिल्लीमा चेकजाँचका लागि जाने भनिए पनि राजनीतिक भेटघाट पनि हुन सक्ने सम्भावना छ,दिल्ली जाँदा राजनीतिक भेट नहुने त हुनै सक्दैन।’
यसअघि उनी गत चैत २७ मा स्वास्थ्य उपचार गराएर वैशाख ११ गते काठमाडौं फर्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.