Breaking News.... EverestOnlineKhabar
May 11, 2026

ओलम्पिकमा सहभागी खेलाडीलाई सम्मान, अब मासिक ३ हजार भत्ता दिइने

Loading

काठमाडौं ।विश्वको सबैभन्दा ठूलो खेल  ओलम्पिकमा सहभागिता जनाएका नेपाली खेलाडीले अब देखि मासिक ३ हजार भत्ता पाउने छन्।

आर्थिक वर्ष २०७५/७६ देखि ओलम्पियनलाई आजिवन भत्ता दिने युवा तथा खेलकुद मन्त्रालयको निर्णय अनुसार आइतवार ओलम्पिक खेलेका नेपाली खेलाडी नगदसहित सम्मानित भए। अब उनीहरुले मासिक ३-३ हजार नगद पाउनेछन्।

नेपालबाट अहिलेसम्म ओलम्पिक भाग लिएका ८० खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो। त्यसमध्ये केही खेलाडीको निधन भइसकेको छ। सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिकबाट नेपालले पनि खेल्न सुरु गरेको थियो।

पछिल्लो पटक सन् २०१४ मा ब्राजिलको रियोमा भएको ओलम्पिकमा नेपालका ७ खेलाडीले भाग लिएका थिए। ओलम्पिकमा सहभागिता जनाएको ५ दशक भन्दा बढी भएपनि नेपालले अहिलेसम्म पदक भने जित्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.