Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रदेश ५ को बैठकमा पनि कांग्रेसको हंगामा, प्रदेशको स्थायी राजधानी र नाम तोक्न माग गर्दै बैठक अवरुद्ध

Loading

रूपन्देही । प्रदेशको राजधानी र नामाकरण नभएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले  प्रदेश ५ को प्रदेश सभा बैठक अवरोध गरेको छ । स्थायी राजधानी र नामाकरण टुंगो नलागेसम्म प्रदेश सभा बैठक चल्न नदिने कांग्रेसको अडान छ ।

आइतबारको बैठक सुरु भएलगत्तै विशेष समय लिएर कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रदेश ५ को सरकार संविधान अनुसार चल्न नसकेको बताईन् । संविधानमा ६ महिनाभित्र प्रदेश सभाबाट स्थायी राजधानी र नामाकरण टुंगो लगाउने उल्लेख भएपनि अहिलेसम्म त्यो नभएकाले कांग्रेसले बाध्य भएर बैठक अवरोध गर्ने नीति लिनु परेको जानकारी गराएकी थिईन ।
उनले संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने व्यवस्था भएपनि प्रदेश ५ को प्रदेश सभा बैठकमा अहिलेसम्म दुवै पद एकै दलको भएकाले तत्काल त्यसको प्रकृया सुरु गर्न समेत सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।
विपक्षी दलका नेता बलदेव शर्माको नेतृत्वमा प्रदेश सभाको बैठक कक्षमा उभिएर प्रदेश सभा सदस्यहरुले विरोध गरेका थिए ।
कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले सोमबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।
राजधानी, नामाकरण र सभामुख उपसभामुखका विषयमा मुख्यमन्त्रीसँग छलफल गरेर टुंगो नलाग्दासम्म बैठक अवरोध भइरहने सचेतक क्षेत्रीले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.