Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

बीबीसी । जापानमा आएको शक्तिशाली समुद्री आँधीले मुसलधारे वर्षा र प्रतिघण्टा १८० किलोमिटर वेग भएको हावाहुरी निम्त्याएको छ। ‘टाइफून जोङ्डारी’ नामक आँधी देशको प्रमुख टापु होन्शूमा प्रवेश गरेको थियो।

मौसम पूर्वानुमानसम्बन्धी अधिकारीहरूले ठूलो वर्षाले पहिरो निम्त्याउन सक्ने चेतावनी दिएका छन्। बाढीले दुई सयभन्दा बढी र तातो हावाले दर्जनौँ मानिसको ज्यान लिएको एक महिना पनि बित्न नपाउँदै जापानमा पछिल्लो समुद्री आँधी आएको हो।

सरकारी टेलिभिजन एनएचकेका अनुसार आँधीका कारण डेढ लाख घरमा बिजुली आपूर्ति बन्द भएको छ भने १६ जना हराइरहेका छन्। यसअघि पश्चिमी शहर शोबाराबाट ३६,४०० र कुरे शहरबाट ६,३०० जनालाई अन्यन्त्र सार्न भनिएको थियो।

टोक्यो

हिरोशिमाका गभर्नर हीडेहीको युजाकीले भने, “हामीलाई डर छ हावाहुरी अथवा बाढीका कारण मानिसहरूलाई सुरक्षित स्थानमा सार्न असक्षम हुनसक्छौँ।”

“मानिसहरूले ज्यान बचाउन सकून् भनेर मैले पहिल्यै उनीहरूलाई सारियोस् भन्ने चाहेको हुँ।”

यसअघि जुलाइको शुरूतिर मुसलधारे वर्षापछि नदीहरूमा पानी बढेर तटीय क्षेत्रमा पुगेपछि ८० लाख मानिसहरूलाई घर छाडेर सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको थियो। तर सरकारी निर्देशनलाई बेवास्ता गरेपछि कैयौँ मानिसहरू थुनिन पुगेका थिए। आलोचकहरूले सरकारी निर्देशन जारी गर्न ढिलाइ गरिएको बताएका थिए ।

बाढीबाट ओकायामा, हिरोशिमा र यामागुची शहर सबैभन्दा नराम्ररी प्रभावित भएका थिए। अझै चार हजारभन्दा बढी बाढी प्रभावितहरू अस्थायी शिविरमा बसिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.