Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । इण्डोनेशियाको लोम्बक टापुमा आइतवार भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। मानिसहरू सुतिरहेका बेला ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो। कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएका छन्।

भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ। घरहरू भत्किन थालेपछि मानिसहरू सडकमा निस्किएका थिए। भूकम्पपछि कम्तीमा ६० वटा परकम्पहरू गएको अधिकारीहरूले बताएका छन्।

नजिकैको बाली टापुमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो। बाली जस्तै लोम्बक पनि लोकप्रिय पर्यटकीय स्थल हो। अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार मटाराम शहरदेखि ५० किलोमिटर उत्तर-पूर्वमा भूकम्पको केन्द्रविन्दु थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.