![]()
कञ्चनपुर । बालिकाको हत्यारालार्इ पत्ता लगाउन माग गर्दै स्थानीयले महिन्द्रनगर बजार बन्द गरेका छन्। भीमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको शव शुक्रबार उखुवारीमा भेटिएको थियो।
शव फेला परेपछि हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले शनिबार महेन्द्रनगर बजार बन्द गरेका हुन्। शुक्रवार बालिकाको शव नगरपालिका-१८ निम्बुखेडास्थीत उखुबारीमा फेला परेपछि स्थानीय बासिन्दाले शुक्रबार देखिनै महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गर्दै आएका छन्। बजार क्षेत्रका विभिन्न ठाउँमा स्थानीय बासिन्दाले नारा जुलुससँगै टायर बालेर विरोध गरिरहेका छन्।
संकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिने र छाडने कार्य भइरहे पनि हालसम्म हत्यारा पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।


