![]()
काठमाडौं। इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको ‘ड्र’ दोस्रोपटक सार्वजनिक गरिएको छ। ‘ड्र’ मा नेपाल यसअघि परेकै समूह डी’ मा छ। जहाँ नेपालसहित जापान, भियतनाम र पाकिस्तान छन्। २ वटा समूहमा भने ५–५ टिम परेका छन्। यसअघि २० टिमले मात्र एसियाली खेलकुदमा भाग लिने तय थियो। तर पाँच टिम फेरि थप गरिएपछि दोस्रो पटक ड्र गरिएको हो।
नेपालले अन्तिम तयारी थाइल्यान्डमा गर्ने बताइएको छ। त्यहाँ रहदा नेपालले २ वटा अभ्यास खेल्नेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमलाई साउन दोस्रो साता थाइल्यान्ड पठाउन लागेको हो।
एसियन गेम्सका लागि नेपाली फुटबल टिम
गोलकिपर– किरणकुमार चेम्जोङ, एलन न्यौपाने र सोजित गुरुङ
डिफेन्डर– अनन्त तामाङ, आदीत्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर– रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेक रिजाल र तेज तामाङ
फरवार्ड– सुनिल बल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर


