![]()
काठमाडौँ । डा. गोविन्द केसीको समर्थनमा आदोलनरत डाक्टर र प्रहरीबिच त्रिवि शिक्षण अस्पतालमा झडप भएको छ । डाक्टर र स्वास्थकर्मीले प्रदर्शन गर्दै त्रिवि अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार जान खोज्दा प्रहरीले रोकेकाले झडप भएको हो ।
एप्रोनमा रहेका डाक्टर र स्वास्थ्यकर्मीले सरकार विरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुलाई त्रिवि अस्पतालको गेटमै रोकेको थियो । डा. केसीको पक्षमा रहेका चिकित्साशास्त्र अध्ययनरत केही विद्यार्थी पक्राउ परेका छन् ।
३६ जनालई नियन्त्रणमा लिएर पुलिस क्लबमा राकिएको र केहीलाई शिक्षण अस्पतालको गेट भित्रै रोकिएको प्रहरीले जनाएको छ ।


