![]()
काठमाडौ,साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी गरेका छन् ।
कृषि विकास, पशुपंक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ । अर्याललाई फुलमन्त्री बनाएपछि फोरमबाट एक सांसदलाई राज्यमन्त्री बनाइने छ ।
यसअघिका सरकारले मन्त्रालय फुटाउदा त्यत्ति बेलाको प्रतिपक्षमा रहेको वर्तमान प्रधानमन्त्रीको दल एमालेले तिव्र विरोध गरेको थियो । तर,यसअघिका सामान्य बहुमतका सरकारले जस्तै वर्तमान दुई तिहाईको सरकारले पनि पुरानै प्रवृत्ति दोहो¥याउन थालेपछि स्थिर सरकारको चाहना राखेका जनतामा निराशा छाउन थालेको छ ।


