Breaking News.... EverestOnlineKhabar
September 8, 2026

अब को होला कानुनमन्त्री ? नेपाल कम्युनिष्ट पार्टीभित्र नेताहरुको तिव्र दौडधुप

Loading

काठमाडौ,साउन ।
शेरबहादुर तमाङले राजीनामा दिएपछि रिक्त रहेको कानुन मन्त्रलायमा मन्त्री बन्न नेकपाका नेताहरूबीच प्रतिष्पर्धा सुरू भएको छ। मन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि भानुभक्त ढकाल र कृष्णभक्त पोखरेल देखिएका छन् । ढकाल प्रधानमन्त्री केपी ओली निकट हुन् भने पोखरले नेता माधवकुमार नेपाल निकट छन्।
पोखरेलले संविधान कार्यान्वयनका लागि कानुन निर्माणको काम गर्नुपर्ने भएकाले आफूलाई मन्त्री बनाउन नेता नेपाल, अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीलाई भेटेरै आग्रह गरिसकेका छन्। ढकालले भने मुख खोलेका छैनन्। ओलीले चाहेको खण्डमा मन्त्री बन्ने निश्चित भएका कारण पनि उनले अन्य नेताहरूलाई भेटेका छैनन्। विद्यार्थी राजनीतिदेखि नै ओली निकट ढकालले सरकारमा अवसर पाएका छैनन्।
रूपान्तरित संसदमा एमालेका प्रमुख सचेतक रहेका ढकाल एकतापछि कुनै भूमिकामा छैनन्। पोखरेल निर्वाचनमा तालमेल निर्णय र एकतापछि प्रचण्डको निकट छन्। शेरबहादुर तामाङ माधव नेपालको कोटाबाट मन्त्री भएकाले नेता नेपालले पोखरेललाई मन्त्री बनाउन आग्रह गरेको स्रोतले बतायो। पोखरेलले निकटस्थहरूलाई मन्त्री पदमा ढकालले दाबी गरेको अवस्थामा आफू मन्त्री नबन्ने बताएका छन्। तर पार्टीमा कुनै जिम्मेवारी ढकालले दिएर अवस्थामा आफू मन्त्री बन्ने पोखरेलले बताउँदै आएका छन्। आफूभन्दा सिनियर र लगातार पार्टी संगठनमा भूमिका निभाएकाले ढकालले दाबी गरेको अवस्थामा छाड्ने पोखरेलले बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.