Breaking News.... EverestOnlineKhabar
June 28, 2026

लाओसमा बाँध भत्किँदा २० जनाको मृत्युःसयौँ बेपत्ता

Loading

एजेन्सी,साउन ।
लाओसमा एउटा बाँध भत्किँदा २० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी बेपत्ता भएका छन् । लगातारको बर्षापछि आएको पहिरोका कारण बाँध भत्केको बताईएको छ । लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक बिद्युत बाँध भत्कंदा उनीहरु बेपत्ता भएका हुन् ।
सयौं उद्धारकर्मी परिचालन गरिएको छ । यसअघि आएको बाढी र पहिरोले ६ वटा गाउँ नै बगाएको थियो । जसका कारण ६ हजार ६ सय परिवार बिस्थापित भएका थिए । यसैबीच लाओसका प्रधानमन्त्री थोङलोउनले घटनास्थलको निरीक्षण गरी उद्धारलाई तीब्रता दिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।
उता, बाढी प्रभावितका लागि उचित राहतको ब्यबस्था मिलाइएको भन्दै लाओस सरकारले बाढी पीडितको सहयोगका लागि स्थानीय बासिन्दासमक्ष अपील गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.