Breaking News.... EverestOnlineKhabar
August 18, 2026

Loading

काठमाडौ,साउन ।
२६ दिनदेखि आमरण अनसनरत डा.गोविन्द केसी पक्षबीच मंगलबारबाट शुरु संवाद प्रक्रियाले आज पनि निरन्तरता पाउने भएको छ । केसीको अनशनको २५ औं दिनमा पहिलोपटक सरकार र केसी पक्षबीच मंगलबार वार्ता भएको थियो । संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने पूर्वशर्त छाडेपछि शुरु संवाद सकारात्मक रहेको बताइए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पक्ष जुटेका छन् । त्यसका लागि आज बिहानबाट पुनः वार्तामा बस्ने सरकारी र केसी पक्षका वार्ता टोली संयोजकद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । सिंहदरबारमा भएको छलफलमा डा.केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा के–के संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्नेलगायतका बुँदा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.