Breaking News.... EverestOnlineKhabar
August 16, 2026

फेसबुकका जानकारी चोरी गर्ने अर्को संस्थामाथि अनुसन्धान हुँदै, एक अमेरिकी फर्म निलम्बित

Loading

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अमेरिकाको एक एनालाइटिक्स फर्मलाई निलम्बित गरेको छ । फेसबुकले आफ्ना प्रयोगकताएको जानकारी अवैध तरिकाले संकलन गरी अरुसँग बाँडिएको र त्यो राजनीतिकसहितका विभिन्न उद्देश्य पूर्तिका लागि प्रयोग भएको आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

यहि क्रममा फेसबुकले अमेरिकाको एक एनालाइटिक्स फर्म निलम्बित गरेको हो । बोस्टनमा रहेको क्रिमसन हेक्सागोनलाई निलम्बित गरेको हो । यो संस्थाले आफूलाई ग्राहकका बारेमा जानकारी दिने माध्यका रुपमा परिभाषित गर्ने गरेको छ र विश्वका विभिन्न देशका सरकारी निकायसँग यसको सम्बन्ध छ ।

यो संस्थाले आफ्नो प्रयोगकर्ताको जानकारी प्रयोग गर्ने क्रममा गोपनियता र निगरानी सम्बन्धी नियमको उल्लंघन गरे नगरेको बारेमा अनुसन्धान भइरहेको फेसबुकले जनाएको छ ।

क्रिमसनले फेसबुकबाट सर्वसाधारणका जानकारी लिएर त्यो आफ्ना ग्राहकलाई दिने गरेको वाल स्ट्रिट जर्ननले बताएको छ । क्रिमसनबाट यो सेवा लिनेमा रुस एक संस्था, जसको सम्बन्ध त्यहाँको राष्ट्रपति कार्यालयसँग छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.