Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

हेटौँडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका विभिन्न गलत प्रवृत्तिका विरुद्ध कांग्रेस सडक र सदन आन्दोलनमा उत्रिएको बताएका छन् ।

हेटौँडामा बिहीबार  नेता कार्यकर्तालाई निर्देशन दिँदै नेता पौडेलले नेकपा नेतृत्वको सरकारको तानाशाही प्रवृत्तिको बारेमा जनतालाई जानकारी दिन र सरकारलाई सचेत गराउन यही साउन १५ गते देशैभर विरोधको कार्यक्रम तय गरेको बताए । पौडेलले सरकारको गलत निर्णय र प्रवृत्तिको बारेमा सरकारलाई सचेत गराउन सडकदेखि सदनसम्म कांग्रेस आन्दोलनमा उत्रनुपरेको बताए ।

संविधानको भावना र मर्मविपरीत फरक पार्टीको सभामुख र उपसभामुख हुनुपर्नेमा २ वटै सिट हडप्दै तानाशाह लाद्न खोजेको बताउँदै नेता पौडेलले कांग्रेस जहिल्यै समानतामूलक र न्यायमूलक समाज निर्माणमा लागिपरेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed