Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

एजेन्सी । पछिल्लो वर्ष सर्वाधिक कमाई गर्ने विश्वका सेलिब्रिटीको सुचीमा बलिउडका अक्षय कुमार र सलमान खान परेका छन् । रोचक यो छ कि सलमानभन्दा अक्षय सुचीमा अगाडि छन् ।

धेरै वर्षदेखि शाहरुख फोर्ब्सको सुचीमा पर्दै आएका थिए । यसपाली उनी बाहिरिँदा अक्षयकुमारलाई ७६ औं र सलमान खानलाई ८२ औं स्थान प्राप्त भएको छ । सन् २०१७ को सुचीमा शाहरुख खान ६५ औं स्थानमा थिए ।

यो वर्ष अक्षय कुमारले ३.०७ अर्ब भारु कमाई गरेको फोब्र्सले जनाएको छ । यो वर्ष उनका दुई फिल्म ट्लवाइलेट एक प्रेम कथा र प्याडम्यानले राम्रो व्यापार गरेका थिए । फिल्मका अलावा उनले २० ब्रान्डको प्रमोसनबाट पनि कमाई गरेका छन् ।

यसैगरी सलमान खानले २.५७ अर्ब कमाएका छन् । फिल्म टाइगर जिन्दा है को सफलताले उनको आम्दानी बढेको हो । यसका साथै उनी कयौं ब्रान्डहरुसँग आवद्ध छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed