Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

चितवन,साउन ।
पहिरोले नारायणगढ—मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा बिहीबार बिहान करीव ५ः३० बजे खसेको पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो ठूलो भएकोले पन्छाउन केही समय लाग्ने प्रहरीको भनाई छ । गएराति सो क्षेत्रमा ठूलो पानी परेकोले पहिरो गएको हो । प्रहरीले भन्योः‘पहिरो ठूलो खसेको छ । एकतर्फी खुलाउन अझै २ घण्टा बढी लाग्छ,दुई तर्फी खोल्न भने पाँच–छ घण्टा लाग्ने अनुमान छ ।’
सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण यो सडकखण्डमा पहिरो जाने रसडक भाँसिने समस्या देखिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed