![]()
काठमाडौ,असार ।
जुम्लामा आमरण अनशनरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्न गृहकार्य गरेको छ । सत्तारुढ दलका एक जना नेताले डा. केसीसंग अनौपचारिक सम्वाद भईरहेको जानकारी दिएका छन् । सरकार र डा. केसीबीच वार्ता हुन नसकिरहेका बेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अभिषेकराज सिंह लगायतसँग अनौपचारिक सम्वाद गरेका हुन् ।
श्रेष्ठले जुम्लामा आईसीयू नरहेको भन्दै डा.केसीलाई तत्काल काठमाडौं ल्याउनुपर्ने बताएका छन् । तर, डा.केसीका समर्थकहरुले भने त्यसका लागि सरकारले वातावरण बनाइदिनु पर्ने बताएका छन् । स्रोतका अनुसार सरकारले आइतबार नै वार्ता टोली गठन गरेर डा.केसीलाई काठमाडौं आउन आहृवान गर्ने तयारी गरेको छ ।
जुम्लामा १६ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य दिनप्रतिदिन जटिल बन्दै गईरहेको छ । डा. केसीको स्वास्थ्य गम्भीर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याएर उपचार गर्ने सरकारको तयारी छ । तर, वार्ताको वातावरण बनाउन सके सहजै काठमाडौं ल्याउन सकिने भएकाले पहल थालेको नेकपाका एक नेताले बताए ।


