Breaking News.... EverestOnlineKhabar
October 3, 2026

सामुहिक बलात्कारपछि एक महिलालाई जिउँदै जलाइयो

Loading

उत्तरप्रदेश,असार ।
भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् ।
बलात्कारपछि महिलालाई घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीअनुसार शनिबार राति करिव साढे २ बजेतिर बलात्कारीको समूह उनको घरमा पुगेको थियो । श्रीमान गाँजियावादमा काम गर्थे भने महिला आफ्ना दुई सन्तानका साथमा घरमा थिइन् ।
घटना भएको बेला भारी वर्षा भएको र महिलाले गुहार मागेपछि कसैले नसुनेको उजुरीमा उल्लेख छ । बलात्कारपछि त्यो समूह बाहिर गएपछि श्रीमतीले प्रहरीलाई १०० नम्बरमा फोन गरेपनि कुनै जवाफ नआएको उनले बताएका छन् । त्यसको केहीबेरमा फेरि त्यही समूह आएर महिलालाई घर बाहिर निकालेर यज्ञशालामा लगेर जलाएको उजुरीमा उल्लेख छ । प्रहरीले भने अनुसन्धान भइरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed