Breaking News.... EverestOnlineKhabar
July 10, 2026

Loading

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले‌ पैसा र विदेश भ्रमणमा जानका लागि मात्र खोलिएका संघलाई धमाधम खारेज गर्न थालेको छ। परिषदका सदस्य सचिव केशवकुमार विष्टले नियमित नविकरण नगर्ने,  खेलकुद गतिविधि शून्य भएका संघहरुको दर्ता खारेज गर्न सुरु गरेका हुन् । यसै क्रममा  विष्टले विभिन्न ८ खेलको राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छन्।

खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ,  नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ रहेका छन्।

खेलकुद विकास ऐन २०४८ को दफा १८ को उपदफा २ बमोजिम असार २६ गतेको निर्णयानुसार ८ राष्ट्रिय खेल संघ परिषद्को लगतबाट कट्टा गरिएको हो। छानबिन समितिको प्रतिवेदन,  खेलकुद विकास ऐन, खेलकुद विकास ऐन २०४८ र खेलकुद विकास नियम २०४९ (संशोधित) सहित खेलकुद गतिविधि सञ्चालन, लेखा परीक्षण नवीकरण, निर्वाचन लगायतका कार्यहरु नगरेका कारण ती संघहरुको दर्ता खारेज गरिएको हो ।

गत वर्ष बैशाख २१ गते पनि राखेपले विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको थियो। त्यसमा ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed