Breaking News.... EverestOnlineKhabar
July 10, 2026

पानीजहाज कहिले आउँछ भन्दै फेसबुकमा लेख्नेलाई कारवाही गर्न महेश बस्नेतको माग

Loading

काठमाडौँ । बाढीले भक्तपुर जलमग्न भइरहेको बेला पानीजहाज कहिले आउँछ भन्दै फेसबुकमा लेख्दै व्यङ्ग्य गर्नेलाई साइबर क्राइम लगाई कारबाही गर्न सांसद महेश बस्नेतले माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले भने, ‘सक्नुहुन्छ भने बाढीपीडित र देशभरका जनतालाई सहयोग गर्नुस्,  सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस्।’

उनले थपे, सामाजिक सञ्जालमा वाहियात कुरा गर्ने मान्छेहरुलाई कारबाही गर्नुपर्छ र साइबर क्राइमलाई कडा ढंगले लागू गर्न म सञ्चार मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed