![]()
काठमाडौ,असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा पार्टीको नियमावलीमाथि छलफल भईरहेको छ । बुधबारको बैठकले नियमावली टुंगो लगाउने विश्वास गरिएको छ ।
नियमावली नहुँदा पार्टीको सांगठनिक एकीकरण प्रक्रियाले गति लिन सकेको छैन । आज नियमावली पारित भएपछि तत्कालीन एमाले र तत्कालीन माओवादीका जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिइने नेताहरुले दावी गरेका छन् । यसअघि मंगलबारको बैठकमा नियमावलीमाथि छलफल भएपनि कुनै निष्कर्ष निस्किएको थिएन ।
पार्टीको विधान तथा नियमावली बनाउन महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यद्वय बेदुराम भुसाल र देव गुरुङ तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।


